२२ पुस ०७६, काठमाडौं । भक्तपुर नगरपालिकाले शैक्षिक कर्जा वितरण सुरु गरेको छ ।
उच्च शिक्षा अध्ययनका लागि नगरपालिकाले ९१ जना विद्यार्थीलाई शैक्षिक कर्जा वितरण गरेको हो । शैक्षिक ऋण भक्तपुर नगरका स्थायीवासीले मात्र पाउने छन् ।
शिक्षा समितिका सदस्य रविन्द्र ज्याख्वले यो वर्ष एक सय १० जना विद्यार्थीहरुले शैक्षिक ऋणको लागि आवेदन भरेकोमा पहिलो चरण अन्तर्गत अन्तर्वार्ता लिएर ९१ जनामा छनौट गरेको बताए ।
नगरपालिकाले १ विद्यार्थीका लागि ५ लाखसम्म कर्जा दिने छ । भक्तपुर नगरपालिकाले शैक्षिक ऋणका लागि यस वर्ष ५ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
शैक्षिक ऋण ३ किस्तामा प्रदान गरिने ऋणको वार्षिक व्याजदर ६ प्रतिशत रहेको छ । शैक्षिक ऋण लिएको १ वर्षमा २५ प्रतिशत, २ वर्षमा ५० प्रतिशत, ३ वर्षमा ७५ प्रतिशत र ४ वर्षमा शतप्रतिशत तिर्नुपर्ने व्यवस्था गरिएको छ ।