२३ मंसिर ०७४, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापा एमाले उम्मेदवार डा. राजन भट्टराईलाई पछि पार्दै विजयी भएका छन् ।
मतगणनाअनुसार काठमाडौं क्षेत्र नम्बर ४ बाट थापा १ हजार ५५८ ल्याएर काठमाडौं ४ बाट दोस्रो पटक निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार भट्टराईले १८ हजार १४० मत ल्याएका छन् ।
यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि थापाले यही क्षेत्रबाट जितेका थिए ।