भतरपुर महानगरमा ज्ञवाली र दाहालको रोचक भिडन्त

१४ जेठ ०७४, चितवन । भतरपुर महानगरपालिकामा देवी ज्ञवाली र रेणु दाहालको भिडन्त रोचक बन्दै गइरहेको छ । पछिल्लो मतगणनाअनुसार एमालेका उम्मेदवार देवी ज्ञवाली ११४५ मतका साथ अगाडि रहेका छन् ।

निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणाम अनुसार एमालेका देवी ज्ञवालीले ३९ हजार ७ सय ६५ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ३८ हजार ६ सय ५ मत प्राप्त गरेकी छन् ।

चितवनको भरपुर महानगरपालिकाका वडा नम्बर १९, २० र २१ को मत गन्न बाँकी रहेको छ । जसमा ९ हजार ७ सय २३ मत मात्रै गन्न बाँकी छ ।

उपमेयरमा कांग्रेसकी उम्मेदवार पार्वती शाहले ४१ हजार ५ सय २५ मत प्राप्त गरेको छ भने एमालेकी उपमेयर उम्मेदवार दिव्या शर्माले ३५ हजार ६ सय २० मत प्राप्त गरेको छ ।

तपाइको मत