१५ बैशाख ०७४, बिराटनगर । प्रहरीले अबैध रुपमा ल्याइएको १ सय किलो चाँदीसहित २ जनालाई झापाको भद्रपुरबाट पक्राउ गरेको छ ।
शुक्रबार वुद्ध एयरको उडानमार्फत काठमाडौंबाट झापाको चन्द्रगढी एयरपोर्टमा कार्गो गरी ल्याएको चाँदीसहित झापा वुद्धशान्ति गाउँपालिका-३ का ३२ बर्षीय मनोज गोयल र झापा गाउँपालिका-२ का २७ बर्षीय पुण्यप्रसाद अधिकारी पक्राउ परेका हुन् ।
क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार भद्रपुर बिमास्थलमा खटिएको प्रहरीको टोलीले शंकाकास्पद रुपमा उनीहरुलाई देखेपछि चेकजाँच गर्ने क्रममा २०/२० पोकाको दरले शिलबन्दी गरी ल्याएको ५ पोका अन्दाजी ६७ लाख ७२ हजार ९ सय मूल्य बराबरको चाँदी बरामद गरेको हो ।
चाँदीसहित उनीहरुलाई आवश्यक कार्बाहीका लागि राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।