भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी

१० जेठ ०७९, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहाल विजयी भएकी छन् ।

दाहालले ५२ हजार ३० मतसहित मेयर पदमा विजयी हुँदा एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतले पछि पारेकी छन् । एमालेका सुवेदीले ३९ हजार ५८१ मत पाएका छन् ।

यसैगरी उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मतसहित विजयी भएका छन् । उनले राप्रपाकी उम्मेदवार हिमला गुरुङलाई २२ हजार १९१ मत अन्तरले पराजित गरेकी छन् । हिमलाले ३० हजार ६१२ मत ल्याएकी थिइन् ।