२१ साउन ०७४, चितवन । भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदानसँगै १ हजार ६०५ मत गणना हुँदासम्म एमाले उम्मेदवार देवी ज्ञवालीले ५१२ मतको अग्रता लिएका छन् ।
सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार पुनः मतदानसँगै भएको हालसम्मको गणनामा एमालेका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ५४३ र नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार ३१ मत प्राप्त गरेकी छन् ।
यसैगरी राप्रपका बद्री तिमिल्सिनाको ६ हजार ६२५ मत ल्याएका छन् ।
त्यसैगरी उपप्रमुखमा कांग्रेसकी पार्वती शाहले ४४ हजार ९१५, एमालेकी दिव्या शर्मा आचार्यले ३८ हजार २१६ र राप्रपाकी रिना गुरुङले ६ हजार ९८९ मत प्राप्त गरेकी छन् ।
सो वडामा वडाध्यक्षसहित सबै नेपाली कांग्रेसका सदस्यले अग्रता कायम गरेका छन् । शुक्रबार भएको निर्वाचनमा वडा नं १९ मा २ हजार ८७० मत खसेको थियो ।