२३ साउन ०७४, चितवन । भरतपुर महानगरपालिकाको नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले मत परिणामलाई स्वभाविक मान्न नसकिने बताएको छ ।
ज्ञवालीले भरतपुरस्थित पार्टी कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरी महानगरको वडा नः १९ को पछिल्लो मत परिणामलाई स्वभाविक मान्न नसकिने जनाएको हो ।
मेयर पदका उम्मेदवार देवी ज्ञवालीले महानगरको मेयरमा जितेर पनि आफूलाई हराइएको दाबी गरे ।
‘स्वभाविक रुपमा रेणु जीले जितेको भए मैले नै सवैभन्दा पहिला फूलमाला लगाएर वधाई दिन्थे’ उनले भने, ‘तर उनको यो अस्वभाविक जीत हो, कृतिम छ ।’
ज्ञवालीले सर्वोच्च अदालतको फैसला ढिला आउँदा समय वर्वाद भएको र त्यही मौकामा आफुबिरुद्ध सबै खालको षडयन्त्र गर्न मौका पाएको समेत दावी गरे ।