भरतपुर महानगरपालिकामा हिजाे साँझदेखि राेकिएकाे मतगणना सुरू

६ जेठ ०७४, चितवन । भरतपुर महानगरपालिकामा हिजाे साँझदेखि राेकिएकाे मतगणना सुरू भएको छ ।

काँग्रेस, एमाले, माअाेवादी केन्द्र, राप्रपा लगायतकाे राजनीतिक दलकाे सर्वदलीय बैठकमा १० बुँदे सहमति भएपछि हिजाे साँझदेखि राेकिएकाे मतगणना भर्खरै मात्र सुरू भएको हाे ।

निर्वाचन अधिकृतले धाँधली गर्न खोजेको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले शुक्रबार साँझदेखि मतगणना बहिस्कार गरेका थिए ।

तर अाज बिहान सर्वदलीय बैठकमा प्रमुख निर्वाचन अधिकृतले एक जना सूचना अधिकृत ताेकी एकद्वार प्रणाालीमार्फत् सूचना सम्प्रेषण गर्ने लगायत दश बुँदे सहमति भएसँगै मतगणना सुरू भएको छ ।

18556926_1120646688082183_843172387142189045_o

 

तपाइको मत