२१ साउन ०७४, भरतपुर । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल निर्वाचित भएकी छन् ।
कांग्रेस-माओवादी गठबन्धनबाट महानगरको प्रमुख पदका उम्मेदवार दाहालले एमालेका देवी ज्ञवाली भन्दा २ सय ३५ मत बढी प्राप्त गरी निर्वाचित भएकी हुन् ।
यस्तै, उपप्रमुखमा पनि कांग्रेस–माओवादी गठबन्धन नै विजयी भएको छ । उपप्रमुखमा नेपाली कांग्रेसकी पार्वती शाह निर्वाचित भएकी छन् ।
भरतपुर महानगरपालिकामा वैशाख ३१ गते पहिलो चरणमै निर्वाचन भएको थियो । तर, मतगणनाका क्रममा जेठ १४ गते राती वडा नम्बर १९ को गणनाका क्रममा विवाद भई दलका प्रतिनिधिले मतपत्र च्यातिदिँदा सर्वोच्चको पक्षमा फैसलापछि सो वडामा हिजो साउन २० गते पुनः मतदान भएको थियो ।
विवादका कारण बाँकी रहेको १९ मा पुनः मतदान गरेपछि मात्र वडा नम्बर १९ र २० को मतगणना गरिएको हो ।