३ जेठ ०७५, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का कार्यालय सदस्य मणि थापाले एमाले र माओवादीको एकता आवश्यक रहेको बताएका छन् ।
नेता थापाले हाकाहाकीसँग संक्षिप्त प्रतिक्रिया दिँदै बिहीबार हुन गइरहेको एमाले र माओवादी एकता भविष्यमुखी, जनतामुखी, राष्ट्रमुखी एकता हुनुपर्नेमा जोड दिएका हुन् ।
‘एकता आवश्यक छ’ नेता थापाले भने, ‘भविष्यमुखी एकता, जनतामुखी एकता, राष्ट्रमुखी एकता अहिलेको आवश्यकता हो, शक्तिलाई मात्र केन्द्रीयकरण (सेन्टरलाइजेसन) गरिने एकता हुनु हुँदैन् ।’
मुख्य शक्ति केन्द्रीत हुँदै गर्दा जनतालाई पनि केन्द्रीत गर्न एकीकृत पार्टीले उत्तिकै ध्यान दिनु पर्ने भन्दै नेता थापाले आजै पार्टी एकता घोषणा हुने र निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता हुने पनि जानकारी दिए ।














