२४ माघ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई सार्वजनिक गरी कडा कार्वाही गर्न माग गरेको छ ।
शनिबार एक विज्ञप्ति जारी गरेर अध्यक्षद्वय प्रचण्ड र नेपालले यही माघ २२ गते बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं. ७ चडेपानी निवासी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले मर्माहत भएको भन्दै दोषीलाई सार्वजनिक गरी कडा कार्वाही गर्न माग गरेको हो ।
“यही माघ २२ गते बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं. ७ चडेपानी निवासी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले हामी स्तब्ध र मर्माहत भएका छौं,” विज्ञप्तिमा भनिएको छ, “विद्यालयबाट घर फर्किंदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भत्र्सना गर्दछौं ।”
निर्मला पन्तको हत्यामा न्याय नपाएको भन्दै विज्ञप्तिमा भनिएको छ, “आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ । विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै सत्यतथ्य सार्वजनिक गरि दोषीमाथि कडा कार्वाही गर्न माग गर्दछौं ।”