२१ असार ०७४, काठमाडौं । परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतसँग सार्क शिखर सम्मेलनका बारेमा संवाद अघि बढाएकाे बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका परराष्ट्रमन्त्री महराले अध्यक्ष राष्ट्रको हैसियतले सार्कका गतिविधिका बारेमा भारतसँग कुरा राखेको बताए ।
‘सार्क अध्यक्षको हैसियतले सार्क शिखर सम्मेलन र यसका गतिविधिका बारेमा भारतसँग कुरा राखेको छु,’ विमानस्थलको विशिष्ठ कक्षमा उपस्थित पत्रकारको जिज्ञासामा उनले भने, ‘यस विषयमा भारत सकारात्मक देखिएको छ, यस विषयमा थप छलफल गरिनेछ ।’
स्थगित सार्क शिखर सम्मेलन आपसी संवादबाट तय गरिने उनको भनाइ छ ।
गत वर्ष १५ र १६ नोभेम्बरमा पाकिस्तानको इस्लामावादमा हुने भनिएको सार्क शिखर सम्मेलनमा भारत सहभागी नहुने भएपछि स्थगित भएको छ ।