भारतीय दुतावासको भोजमा शीर्षस्थ नेताहरू सहभागी, ओली अनुपस्थित

१२ माघ ०७४,  काठमाडौं । भारतको ६९ औं राष्ट्रिय दिवसको अवसरमा भारतीय दुतावासको दिवा भोजमा शीर्षस्थ नेताहरुले सहभागीता जनाए पनि एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् ।

शुक्रबार  गणतन्त्र दिवसको अवसरमा ईन्डिया हाउसमा दिवाभोजमा शीर्षस्थ नेताहरु सहभागी भइरहँदा अध्यक्ष ओली कार्यक्रममा सहभागी भएनन् । ओली गत वर्ष पनि दूतावासको यस्तो कार्यक्रममा सहभागी भएका थिएनन् ।

अध्यक्ष ओली सामुदायिक रेडियो प्रसारक सं‌घको १३ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्न ओली पोखरा गएका हुन् । ओली सहभागी नहुनुलाई  महत्वपूर्ण मानिएको छ ।

दिवाभोजमा प्रमुख अतिथिका रुपमा उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, अतिथिका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री माधबकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता विजय गच्छदार र बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, अभिनेत्री मनीषा कोइरालालगायत मधेसी दलका शीर्ष नेताहरु सहभागी थिए ।

तपाइको मत