२८ असार ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसंगिनी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत् दुःख व्यक्त गरेका छन् ।
बुधबार भारतीय प्रधानमन्त्री मोदीले सीता दाहालको निधन भएको खबरले मर्माहत भएको उल्लेख गर्दै दाहालको आत्माको चीरशान्तिको कामना गरेसहित प्रधानमन्त्री प्रचण्डप्रति समवेदना व्यक्त गरेका छन् ।
उनले ट्वीटरमा नेपालीमा नै लेखेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । @cmprachanda प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु । ॐ शान्ति।’