भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमणमा आउँदै

२९ बैशाख ०७९, काठमाडौं । बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली समकक्षी शेरबहादुर देउवाबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ ।

नेपालको परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले बिहीबार एकै समयमा मोदीको नेपाल भ्रमणबारे विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।

लुम्बिनी विकास कोषले नेपाल सरकारको संयोजकत्वमा आयोजना गर्ने बुद्धजयन्ती कार्यक्रमलाई मोदीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाइएको छ ।

भ्रमणका क्रममा मोदीले लुम्बिनीको मायादेवी मन्दिरमा पूजाअर्चना गर्नेछन् ।