भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

२७ साउन ०८१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा गरेका छन् ।

प्रधानमन्त्री ओलीले भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीमार्फत् भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् ।

आइतबार दिउँसो भारतीय विदेश सचिवसँगको भेटमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई थप प्रगाढ बनाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी रहेको थियो ।