१६ असार ०७७, काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले भारतीय राजदूतलाई किन देश निकाला नगरेको भनेर प्रश्न उठाएका छन् ।
यसैहप्ता प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय दूतावास सक्रिय भएको आरोप लगाएपछि नेता भट्टराईले जसपाले नागरिकता विधेयकको विरोधमा गरेको विरोध कार्यक्रममा यस्तो बताएका हुन् ।
“त्यसो हो भने उहाँ के हेरेर बस्नु भएको छ ?,” उनले भने, “राजदूतलाई बोलाएर किन स्पष्टीकरण लिनुहुन्न ? किन तुरुन्तै देश निकाला गर्न सक्नुहुन्न ?”
नेता भट्टराईले प्रधानमन्त्रीलाई देश र जनताप्रति जिम्मेवार बन्न आग्रह गर्दै कहिले हाच्छ्यू गरेर कोरोना उडाइदिनुपर्छ भन्ने, अहिले आफूलाई हटाउन कुनै देशको राजदूतले षड्यन्त्र गरेको भनेर प्रधानमन्त्रीले जग हसाएको समेत बताए ।













