२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लाजिम्पाटस्थित निवासमै पुगेर भारतीय राजदूत रन्जित रेले बधाई दिएका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डलाई बधाई दिन प्रचण्ड निवास लाजिम्पाट पुगेका ‘राजदूत रेले सफल कार्यकालको शुभकामना दिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
यसअघि बुधबार साँझ चिनियाँ राजदूत ऊ चुन्ताई प्रचण्ड निवास पुगेर प्रधानमन्त्री प्रचण्डलाई बधाइ दिएका थिए भने भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले टेलिफोनबाटै सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तो समेत दिएको प्रचण्डको निजी सचिवालयले जनाएको थियो ।