१८ माघ ०७४, काठमाडौं । भारतीय विदेशमन्त्री सुस्मा स्वराज निर्धारित समय भन्दा एक घण्टा ढिलो काठमाडौं उत्रेकी छिन् ।
विमान केही बेर एअर ट्राफिकमा परेर आकाशमा होल्डसमेत भएको कारण निर्धारित समय भन्दा एक घण्टा ढिलो काठमाडौं उत्रेकी हुन् ।
त्रिभुवन विमानस्थलमा अपरान्ह ४.३० मा मात्र उत्रिएकी स्वराजलाई अर्थराज्यमन्त्री उदय शमशेर राणा र परराष्ट्र सचिव शंकर वैरागीले विमानस्थलको विशिष्ठ कक्षमा स्वागत गरे । राणाका अनुसार स्वराजले आफु नितान्त राजनीतिक भ्रमणमा काठमाडौं आएको बताएकी छन् ।
स्वराजलाई स्वागत गर्न नेपालका लागि भारतका लागि राजदूत मञ्जिवसिंह पुरी पनि विमानस्थलमा पुगेका थिए । उनी विमानस्थलबाट सीधै कालिमाटीस्थित होटल सोल्टीतर्फ लागेकी छन् ।
विदेशमन्त्री स्वराजले आजैबाट उच्चस्तरीय राजनीतिक भेटघाट थाल्ने भएकी छन् । आजै साँझ साढे ६ बजे स्वराजले पूर्वमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा बाहेक अन्य सबैलाई त्यही भेट्ने कार्यक्रम छ ।