भारत नयाँ सरकारसँग नजिक रहेर काम गर्न तयार

२ भदौ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्रीका विशेष दूतका रुपमा भारत भ्रमण जानु अघि दिल्लीले नेपालसँगको सम्वन्ध उच्च प्राथमिकतामा रहेको बताउँदै भारत नयाँ सरकारसँग नजिक रहेर काम गर्न तयार रहेको बताएको छ ।

भारतीय विदेश मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले उपप्रधान एवं गृहमन्त्री निधिको भ्रमणले नयाँ सरकारको प्राथमिकता बुझ्ने मौका पाउने बताए ।

प्रवक्ता विकास स्वरुपले निधिको भ्रमणले नयाँ सरकारको प्राथमिकता बुझ्ने मौका मिल्ने र बहुआयामिक सम्वन्धलाई अझ मजबुत बनाउने बताए ।

तपाइको मत