भारु सटही सहज बनाउन अर्थ समितिले दियो सरकारलाई निर्देशन

२ मंसिर, काठमाडौं । नेपालीसँग रहेका ५०० र एक हजार दरका भारुको सटही प्रक्रिया सहज बनाउन व्यवस्थापिका–संसद्को अर्थसमितिले सरकारलाई निर्देशन दिएको छ ।

अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई सिंहदरबारमा बिहीबार बसेको अर्थसमितिको बैठकले नेपाली जनतासँग रहेका वैध भारुको व्यवस्थापनका लागि पहल गर्न निर्देशन दिएको हो ।

समितिका सभापति प्रकाश ज्वालाले नेपालीसँग रहेको भारुको व्यवस्थापन गर्न कठिनाइ भएकाले सरकारलाई कूटनीतिक प्रक्रियाबाट समाधान गर्न निर्देशन दिने निर्णय गरेको बताए ।

तपाइको मत