भीमदत्त नगरमा माओवादी केन्द्रको विशेष कार्ययोजना सार्वजनिक

९ असार ०७४, महेन्द्रनगर । नेकपा माओवादी केन्द्रले भीमदत्त नगरपालिकालाई उज्यालो शहर बनाउने सहितका प्रतिबद्वता सार्वजनिक गरेको छ ।

माओवादीको भीमदत्त नगरपालिका समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतिबद्वता पत्र सार्वजनिक गरेको हो ।

उज्यालो भीमदत्त नगरपालिकालाई बनाउने अभियान अन्तर्गत सोलार खरिद गर्ने परिवारलाई र घरमा रहेको गोबर ग्याँस प्लान्टमा शौचालय जडान गर्ने, गड्डाचौकी देखी महेन्द्रनगरसम्मको राजमार्ग, गल्लीहरु, संघसंस्था सहितका विभिन्न ठाउँमा सोलार प्यानलबाट उज्यालो व्यवस्थापन गर्ने माओवादी केन्द्रले जनाएको छ ।

‘हामीले जित्यौं भने यो नगरको मुहार फेर्ने छौं’ नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरका प्रत्यासी गोपाल रसाईलीले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगार र कृषि क्षेत्रमा ठूलो परिवतर्न ल्याउने हिसावले काम गर्नेछौं ।’

सार्वजनिक प्रशासन, सुशासन र सामाजिक सुरक्षा, यातायात, सडक र पूर्वाधार विकास, भूमि नीति लागू गरेर अघि बढ्ने प्रतिवद्धता समेत माओवादीले जनाएको छ ।

शिक्षा र स्वास्थ्य, ग्रामिण कृषि विकास तथा पशुपालन लगायतका क्षेत्रमा जोड दिएर नगरवासीहरुको आर्थिक उन्नतिमा ध्यान दिने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिवद्धता पत्रमा भनिएको छ, ढल व्यवस्थापन हुन नसकेको भीमदत्त नगर क्षेत्रलाई त्यसबाट अन्त्य गर्ने, युवा खेलकुद तथा स्वरोजगार, शहिद तथा वेपत्ता पारिएका परिवारहरुको हकमा विशेष कार्ययोजना ल्याइने छ ।

तपाइको मत