८ जेठ, काठमाडौ । सैनिक श्रीमती संघले भूकम्प पीडितको सहयोगका लागि भन्दै नायिकाहरु नचाएर सङ्कलन भएको रकम ‘नेपाली सेनाका बहालवाला, अवकाश प्राप्त सैनिक एवं आश्रित परिवारका सदस्यहरु तथा सर्वसाधारणको सामाजिक कल्याणकारी कार्यमा सहयोग पुर्याउने उद्देश्य रहेको’ विज्ञप्ति निकाले पछि कार्यक्रममा सहभागी नायिकाहरुले समेत दुःखेको पोखेका छन् ।
भारतीय चर्चित नायिका सोनाक्षी सिन्हा, मलाइका अरोरा, नेपाली नायिका रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, सुष्मा कार्की लगायतका नायिकाहरुलाई भूकम्प पीडितको सहयोगार्थ भन्दै नचाएर आर्मी चिफकी श्रीमती अध्यक्ष र जर्नेल, कर्नेलका श्रीमती सदस्य रहेको सैनिक श्रीमती संघले सबैलाई जोकर बनाएको हो ।
शनिबार टुडिखेलमा कार्यक्रम आयोजना गर्नु अघि आयोजित पत्रकार सम्मेलनमा बर्दीमै रहेका आर्मीका एक अधिकारीले कार्यक्रमबाट उठेको रकम भूकम्पपीडितका लागि दिइने बताएका थिए । उनले भनेका थिए, ‘हाम्रो मेन फोकस भनेको भूकम्प पीडितको सहयोगका लागि हो । यदी त्यसबाट केही रकम बच्यो भने धरहरा पुनःनिर्माणका लागि खर्च गछौँ ।’ तर, कार्यक्रम सकिएपछि सैनिक श्रीमती संघले निकालेको विज्ञप्तिले सबैलाई उल्लु बनाइदिएको छ । विज्ञप्तिमा यसो भनिएको छ :
श्रीमती संघले सिधै भूकम्प पीडितलाई आफ्नै हातले सहयोग बाँड्न नपाउने भएपछि उनीहरुले यसो गरेका हुन् ।