भूमि आयोगको क्षेत्राधिकारभित्र पर्ने सुकुम्बासी समस्या समाधान गर्न महानगर आफैं सक्रिय

१४ मंसिर ०७९, काठमाडौं । राष्ट्रिय भूमि आयोगले महानगरभित्रका सुकुम्बासी समस्या समाधान गर्न ढिलाइ गरेको भन्दै काठमाडौं महानगरपालिका आफैं काममा उत्रिएको छ ।

आयोगले महानगरभित्रका सुकुम्बासी समस्या समाधान गर्न ढिलाइ गरेको भन्दै काठमाडौं महानगर भूमि आयोगको क्षेत्राधिकारभित्र पर्ने सुकुम्बासी समस्या समाधान गर्न भन्दै आफैँ  काममा उत्रिएको हो ।

गत ९ भदौ ०७९ मा काठमाडौं महानगर र भूमि आयोगबिच एक सहमति भएको थियो । आयोगको तर्फबाट आयोग अध्यक्ष केशव निरौला र महानगरका तर्फबाट मेयर बालेन्द्र शाहले हस्ताक्षर गरेको सहमति अनुसार महानगरले आफ्नो क्षेत्रभित्र रहेका सुकुम्वासीको लगत संकलन गरेर आयोगलाई बुझाउने साथै सुकुम्वासीको व्यवस्थापनमा सहयोग गर्ने समेत लेखिएको थियो ।

आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुम्बासीमाथि काठमाडौं महानगरपालिकाले डोजर चलाएर राष्ट्रिय भूमि आयोगको काममा बाधा पुर्याउने काम गरेको बताएका छन् ।

तर, काठमाडौं महानगरले भने आयोगले समयमा काम नगरेकाले महानगर आफैं सक्रिय भएको बताए ।

यसैहप्ता महानगरले बागमती नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएपछि समस्या थप जटिलतातर्फ धकेलिएको छ ।