भेडाको झुण्डसँग बाल्यकाल बिताएका नजत शिक्षामन्त्रीको झण्डावाल गाडीमा सवार

१८ असार, काठमाडौं । नजतको बाल्यकाल भेडाको झुण्डसँग बित्यो । तर, आज शिक्षामन्त्री भई झण्डावाल गाडीमा सवार छिन् ।

तस्बिर : दैनिक नेपाल

फ्रान्सका शिक्षामन्त्री नजत । तस्बिर : दैनिक नेपाल

मोरक्कोको एक सामान्य मुस्लिम परिवारमा जन्मिएकी नजत अहिले फ्रान्सको प्रथम महिला शिक्षा मन्त्री बनेकी छिन् । १९७७ मा जन्मिएकी नजत बेल्कासेमका पिता बल्डिङ कन्सट्रक्सनमा काम गर्थे । उनले भेँडा चराउने र त्यसकै दुध बेचेर परिवार पाल्थे । नजतको बाल्यकाल गरिबी र अभावमा गुज्रिए पनि इमान्दार र लगनशील भए असम्भव केही छैन् भन्ने उदाहरण बनेकी छिन् ।

सन् २००२ मा पेरिस इन्स्टिट्यूट अफ पोलिटिकल स्टडिजमा ग्राजुएशन गरेकी नजत सोशलिष्ट पार्टीमा प्रवेश गरेर नागरिक अधिकारको आन्दोलन शुरु गरिन् । उनले नागरिकहरुलाई सस्तो घर दिलाउने, भेदभावविरुद्ध आन्दोलनको नेतृत्व गरिन् ।

सन् २००८ मा उनी रोन अलपाइनबाट काउन्सिल मेम्बर चुनिइन् ।  सन् २०१२ मा नजतलाई महिला अधिकार मन्त्री बनाइयो । राष्ट्रपति फ्रान्स्वाँ ओलाण्डले उनलाई आफ्ना प्रवक्ता नै नियुक्त गरे । अन्ततः सन् २०१४ मा नजत देशकै पहिलो महिला शिक्षा मन्त्री बनिन् ।

नजतको विरुद्ध कन्जर्वेटिभ पोलिटिशन सेक्सिस्ट र नस्ली टिप्पणी खुब गरिन्थ्यो । उनीमाथि कैयौ लाल्छना पनि लगाइयो । उनको पोशाकलाई लिएर पनि विपक्षीहरुले भद्दा टिप्पणी गर्थे । तर, नजत यसबाट कति पनि बिचलित भइनन् र आज सफलता चुमिन् ।

अमेरिकी राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफू अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भए मुश्लिमलाई प्रतिबन्ध लगाउने र आप्रवासीलाई आउन रोक्ने घोषणा गरेका अवस्थामा फ्रान्सकी शिक्षामन्त्री नजत बेल्कासेम सबैका लागि प्रेरणा बनेकी छिन् ।

तपाइको मत