भोजपुरमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान, दुईको मृत्यु

२५ असार ०७६, काठमाडौं । भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द(विप्लव)समूह र प्रहरीबीच गोली हानाहान हुँदा एकप्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।

बुधबार बिहान करिव ८ः४५ बजेतिर सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा विप्लव समूहका कार्यकर्ता निरकुमार राई र प्रहरी जवान सन्जीव राईको मृत्यु भएको हो ।

निरकुमार चन्द समूहका ओखलढुंगा इञ्चार्ज भएको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले जानकारी दिए ।

घटनामा प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लागेको छ भने अर्का एक प्रहरी सोम भट्टराई घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले चन्द समूहको कार्यकर्ताको साथबाट एक थान चाइनिज पेस्तोल र चार राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

मृतक दुवैको शव अहिले जिल्ला अस्पताल भोजपुरमा राखिएको छ ।

तपाइको मत