भोटो देखाएर रातो मच्छिन्द्रनाथको भोटोजात्रा मनाइयो

२१ जेठ ०७९, ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जावलाखेलमा भोटो देखाएर रातो मच्छिन्द्रनाथको भोटोजात्रा मनाइएको छ ।

राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा वर्षा र सहकालका देवता मानिने मच्छिन्द्रनाथको रथ जाउलाखेल पु-याएर भोटो जात्रा मनाइएको हो ।

भोटो अवलोकन गर्न सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री बालकृष्ण खाँणसहितका मन्त्रीहरु, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितका पदाधिकारीहरु जाउलाखेल पुगेका थिए ।