१२ भदौ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भोलि बिहान ११ बजेका लागि तय भएको सचिवालय बैठक भदौ १८ गते बस्ने भएको छ ।
नेकपाको कार्यदलले गत शनिबार बुझाएको प्रतिवेदनमाथि छलफल गर्न १३ गते शनिबारका लागि तय भएको सचिवालय बैठक १८ गते बस्ने गरी सारिएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।
शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सल्लाहअनुसार सहमतिमै बैठक सारिएको उनले बताए ।
पार्टीको कार्यदलले बुझाएको प्रतिवेदन सचिवालयमा थप छलफल गरी स्थायी कमिटी बैठकमा लैजाने अध्यक्षद्वयको तयारी गरेका छन् ।