२५ असार ०७७, काठमाडौं । सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको बताएका हुन् ।
उनले अन्तरजिल्ला सवारी साधन चलाउन नपाइने तर काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा भने सवारी जान सक्ने जानकारी दिए ।
भोलिदेखि सार्वजनिक यातायात चलाउन सकिने भन्दै उनले भने, “जिल्लाभित्र यात्रुवाहक सार्वजनिक यातायात र ट्याक्सी चल्न दिने निर्णय भएको छ । अन्तरजिल्ला जान भने पाउने छैनन् । तर, काठमाडौं उपत्यकाभित्र (काठमाडौं, ललितपुर र भक्तपुर) मा एकअर्को जिल्लामा जान रोक लगाइएको छैन् ।”