भौतिक उपस्थित हुने सबै परीक्षा स्थगित

१२ बैशाख ०७८, काठमाडौं । सरकारले भौतिक उपस्थित हुने पूर्वनिर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को बैठकले भौतिक उपस्थित हुने पूर्वनिर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हाे ।

सीसीएमसी सचिवालय संयोजक डा. खगराज बरालले दिएकाे जानकारीअनुसार भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठनलाई निरन्तरता दिन सकिने निर्णय पनि बैठकले गरेकाे छ ।