भ्यालेन्टाइन डेका दिन आरआर क्याम्पसभित्र कण्डम वितरण ! अनेरास्ववियूका नेता प्रमुख अतिथि रहेको कार्यक्रममा अनेरास्ववियूबाटै आक्रमण

२ फागुन, काठमाडौं । आरआर क्याम्पसमा प्रेम दिवस अर्थात् फेब्रुअरी १४ आज भ्यालेन्टाइन डेका दिन विद्यार्थीहरुबीच गुलाब आदान–प्रदान गर्ने भनेर कार्यक्रम आयोजना गरिएको भए पनि गुलाबसँगै कण्डम पनि वितरणका लागि राखिएपछि कार्यक्रम बिथोलिएको छ ।

images

प्रेम दिवस मनाउन क्याम्पसभित्र विद्यार्थीहरुबीच गुलाब आदान–प्रदान गर्ने योजना क्याम्पसका केही विद्यार्थीहरुले डा. कोइरालासित बसेर बनाए । शनिबार कण्डम दिवससमेत परेकाले गुलाबसँगै एड्ससम्बन्धी चेतनाका लागि कण्डम पनि वितरण गर्ने सल्लाह डाक्टर कोइराला र विद्यार्थीहरु बिच भएपछि गुलाब र कण्डमको व्यवस्था आफूले गर्ने डा. कोइरालाले प्रतिवद्धता जनाए छन् ।

प्रतिवद्धता अनुसार डा. कोइराला चार सय गुलाब र १५ सय कण्डम बोकेर बिहान ८ बजे क्याम्पस पुगे । उनले ल्याएका सामग्री विद्यार्थीको जिम्मा लगाएसँगै विद्यार्थीहरुले कण्डमका प्याकेटलाई झोलाबाट खन्याएर टेबुलमा सजाए ।

एक–अर्कालाई गुलाब वितरण सुरु गरियो । आयोजकले गुलाबका साथमा कण्डम पनि लैजान विद्यार्थीलाई आग्रह गरिरहेका थिए । तर, कसैले कण्डम टिपेनन् । बरु, केही छात्राहरु अप्ठ्यारो मानेर रातोपिरो भएका थिए ।

औपचारिक कार्यक्रमको अन्त्यमा अनेरास्ववियू नेता टपेन्द्रजंग शाही लगायतका विद्यार्थीले कार्यक्रमस्थलमै आक्रमण ग¥यो । शाहीले छात्राहरुलाई आँखाले समेत जिस्क्याउनु हुन्न भन्ने मान्यता रहेको स्थानमा भन्दै खुलेआम कण्डम बाँड्ने कुरा सहन गर्न नसकिएकाले हस्तक्षेप गरिएको बताए ।

कार्यक्रमस्थल हस्तक्षेपको नेतृत्व गर्ने टपेन्द्रजंग शाही र कार्यक्रमको प्रमुख अतिथि बनेका स्ववियू अध्यक्ष राजकुमार राई दुबै जना अनेरास्ववियूका नेता हुन् ।

तपाइको मत