मंसिर १५ देखि पेट्रोलियम ढुवानी ठप्प !

१२ कार्तिक ०७४, काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले १५ मंसिरदेखि पेट्रोलियम ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले मनोमानी ढंगले नयाँ ट्यांकर सञ्चालनको अनुमति दिएको भन्दै व्यवसायीले आइतबार आपूर्ति मन्त्रालय र निगमलाई मागपत्र पेश गर्दै निर्णय खारेज नभए ढुवानी ठप्प पार्ने चेतावनी दिएका हुन् ।

निगमले ८ पुस ०७३ मा नयाँ पेट्रोलियम ढुवानी नियमावली जारी गरेको थियो । जेठ ०७४ सम्ममा करिब दुई सय वटा नयाँ ट्यांकरले अनुमति दिएको सूचना आफूहरुलाई प्राप्त भएको महासंघका कार्यवाहक अध्यक्ष गुणराज निरौलाले बताए । निगमबाट स्वीकृति पाएर कतिपय ट्यांकर सञ्चालनमा समेत रहेको महासंघको दाबी छ ।

खारेज गरिएका ट्यांकर समेत सञ्चालनमा आएकाले तिनको तथा नयाँ स्वीकृति पनि खारेज गरिनुपर्ने महासंघको माग छ ।

निगमले बिनासूचना मनमौजी ढंगले नयाँ ट्यांकर सञ्चालनको अनुमति दिएको  कार्यवाहक अध्यक्ष निरौलाले बताए ।

हाल नेपालमा १८ सय ट्यांकरमार्फत् इन्धन ढुवानी हुँदै आएको छ ।

 

तपाइको मत