मंसिर ३ बाट राष्ट्रिय परिचयपत्र वितरण गरिने

२८ कार्तिक ०७५, काठमाडौं । सरकारले मंसिर ३ गतेबाट राष्ट्रिय परिचयपत्र पाँचथरबाट वितरण गर्ने भएको छ ।

राष्ट्रिय परिचयपत्र वितरणका लागि पाँचथर जिल्लामा संकलन भएका विवरणका आधारमा कार्ड छापिसकिएको र मंसीर ३ गतेबाट त्यहाँका जनतालाई परिचय पत्र वितरण गर्ने राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका महानिर्देशक दीपक काफ्लेले बताए ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका महानिर्देशक काफ्लेलेका अनुसार राष्ट्रिय कार्यक्रम आयोजना गरी मंसिर ३ गतेबाट पाँचथरका सबै जनता र सिंहदरबारका अतिविशिष्ट व्याक्तित्वसहित सात हजार कर्मचारी गरी एक लाख १७ हजारजनालाई पहिलो चरणमा राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो ।

पहिलो चरणमा पाँचथर र सिंहदरबारका कर्मचारी, दोसो चरणमा १५ जिल्ला, तेस्रो चरणमा २५ जिल्ला र त्यसपछि बाँकी ३६ जिल्लामा परिचयपत्र वितरण गर्ने योजना छ ।

तपाइको मत