मई दिवसको सन्दर्भ पारेर अन्टुफ प्रदेश २ ले ग-याे रक्तदान

 १६ बैशाख ०७८, सिमरा । अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश २ ले मई दिवसको सन्दर्भमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

अन्टुफ प्रदेश २ का अध्यक्ष अर्जुन चिमरियाले दिएको जानकारी अनुसार १३२औं अन्तर्राष्ट्रय मजदुर दिवसको सन्दर्भमा बारा जिल्लाको सिमरामा रक्तदान कार्यक्रम सम्पन्न भएको हाे ।

उनलेे ८ जना महिलासहित ५५ जनाले रक्तदान गरेकाे जानकारी दिए ।

अन्टुफ प्रदेश २ सह-इन्चार्ज मीन प्रसाद अपागाई लगायत बेनि तिमिल्सिना, लाल बहादुर पटेल, मेनुका न्यौपाने, सुकमाया बिक, सपना खड्का, सुनिल पटेल, मनिषा अधिकारी, बब्लु श्राप, विशाल पराजुली, क्षेत्र बहादुर श्रेष्ठ लागायतले रक्तदान गरेकाे भन्दै प्रदेश २ अध्यक्ष चिमरियाले कोरोनाको कारण जुलुस, भेला गरेर मई दिवस कार्यक्रम गर्ने अवस्था नरहेकाले रक्तदान कार्यक्रम गरिएको बताए ।

रक्तदानपछि अन्टुफ प्रदेश २ ले रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गरेको थियोे ।

श्रमिकहरूकाे विशेष पर्व मई दिवस यही बैशाख १८ गते संसारभरका मजदुरहरूले विभिन्न कार्यक्रम मनाउँदै छन् ।