मगर र थारू समुदायले मनाए माघे सक्रान्ती

१ माघ ०७६, काठमाडौं । आज देशभर मगर र थारु समुदायले माघे संक्रान्ती पर्व मनाएको छ ।

बुधबार उपत्यकामा उपलब्ध मगर र थारु समुदायले टुँडिखेलमा माघे संक्रान्ति पर्व मनाएका हुन् ।

मगर समुदायले आयोजना गरेको कार्यकममा उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी मन्त्री बिना मगर लगायत सर्वसाधरणको बाक्लो उपस्थित रहेको थियो ।

यस्तै थारु समुदायले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डको विशेष उपस्थिति रहेको थियो भने आयोजकले अध्यक्ष प्रचण्डलाई थारु पहिरन लगाइदिएका थिए ।

हरेक वर्ष माघ १ गतेका दिनलाई मगर र थारु समुदायले विशेष पर्वका रुपमा मनाउने गर्दछन् ।

माघे सक्रान्तीमा गिठ्ठा, भ्याकुर, पिँडालु, तरुल, सक्करखण्ड, रोटी, चाकु लगायत परिकारहरू बनाएर खाने चलन छ ।