३१ चैत्र ०८१, कास्की । नेकपा (माओवादी केन्द्र) मजदुर विशेष शाखा, कास्कीको दोस्रो अधिवेशनले ३१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
शनिबार कास्कीको पोखरामा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश सहइन्चार्ज हरिराज अधिकारीको प्रमुख आतिथ्यमा भएको दोस्रो अधिवेशनले तीर्थराज अधिकारी अध्यक्ष रहेको ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
माओवादी केन्द्रको पालिकास्तरीय उक्त नयाँ कार्यसमितिको पदाधिकारीमा अध्यक्ष तीर्थराज अधिकारी (उद्योग), उपाध्यक्षहरू महिमा शाही (स्वास्थ्य), जमुना शेर्पा (निर्माण), बालकुमार खवास (सेक्युरिटी) र विष्णु पौडेल (संघ–संस्था), सचिव डिल बहादुर गुरुङ (निर्माण), सहसचिव भोजराज आचार्य (यातायात) र कोषाध्यक्ष रमेश घिमिरे (होटल) क्षेत्रबाट प्रतिनिधित्वि गरेका हुन् ।
उक्त अधिवेशनले सदस्यहरूमा भुवन दाहाल (सेक्युरिटी), उदय खत्री (स्वास्थ्य), सुमित्रा गायक (स्वास्थ्य), प्रेम कुमाल (उद्योग), सुकु दरै (उद्योग), हेमलाल अधिकारी (उद्योग), भोज दर्लामी (उद्योग), टंक झाँक्री (उद्योग), कृष्ण नरार (यातायात), देवीराम पाण्डे (यातायात), बाबुराम बिक (निर्माण), अनिता देवकोटा (संघसंस्था), दिलिप आचार्य (पर्यटन), कृष्ण भट्टराई (पर्यटन), दुर्गा विक (सरकारी अस्थायी करार तथा ज्यालादारी), विकास गुरुङ (पसल तथा सेल्स), आदर्श थापा (सेक्युरिटी), पूर्ण राना (सेक्युरिटी)लाई सर्वसम्मत निर्वाचित गरेको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश सहइन्चार्ज हरिराज अधिकारीको प्रमुख आतिथ्यमा भएको सो अधिवेशनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज नेत्रनाथ अधिकारी, केन्द्रीय सदस्यहरू राजकाजी गुरुङ, दिपक कोइराला, तेजकुमारी पौडेल, दुर्गा विक, सोमती गुरुङ, बखानसिं गुरुङ, गंगा पोखरेल, गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, उपत्यका विशेष प्रदेशका सहसचिव सोमबहादुर थापामगर (एसबी), कास्की जिल्ला संयोजक विश्वप्रकाश लामिछाने, सचिव विनय थापा, गण्डकी प्रदेश सदस्य रुद्र गौतम, अन्टुफ गण्डकीका उपाध्यक्षद्वय मंगल लिम्बु, रमेश सिके, सचिव गुणराज बास्तोला, अन्टुफ केन्द्रीय सदस्य महिमा शाही, जमुना सेर्पा लगायतको आतिथ्य रहेको थियो ।
विशेष शाखाका निवर्तमान अध्यक्ष टंक पौडेलको अध्यक्षता र सचिव अर्जुन पौडेलको सञ्चालनमा मजदुर विशेष शाखा, कास्कीको दोस्रो अधिवेशन सम्पन्न भएको हो ।