मतदान अधिकृतहरु सवार दुई गाडी तोडफोड

२९ जेठ ०७४, बारा । दोस्रो चरणको स्थानीय निर्वाचनका लागि खटिएका मतदान अधिकृतहरु सवार गाडीमा तोडफोड भएको छ ।

साेमबार साँझ साढे ५ बजेतिर कलैया बरेवास्थित रामराजा बहुमुखी क्याम्पसबाट तालिम सकेर आउने क्रममा राजपाका कार्यकर्ताहरुद्वारा द सहारा बैंक अगाडि महिला तथा बाल बालिका कार्यालयका बा २ झ २४०२ नम्बरको गाडी र अर्को ना ३ च ६८८ नम्बरको मतदान अधिकृतहरु सवार टाटासुमो ताेेेडफाेड भएकाे हाे ।

त्यस्तै तालिमबाट मोटरसाईकलमा आउदै गरेको कृषि अनुसन्धान कार्यालय केन्द्र परवानीपुरका उपसचिव डा.बिशेषवर प्रसाद यादव, उखु अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत शंङ्कर श्रेष्ठ र जनस्वास्थ्य कार्यालय बाराका खोप सुपरभाईजर बाबुलाल सहनीलाई कपडा च्यातेर कुटपिट गरेका पीडित सहनीले बताए ।

निर्वाचनमा खटेका कर्मचारीलाई कुटपिट गर्ने राजपाका कार्यकर्ता पानालाल पटेललाई बारा प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेन्द्रबाबु रेग्मीले बताए ।

यसैबीच राजपाका जिल्ला अध्यक्ष नवलकिशोर सिंहको नेतृत्वमा सोमबार साँझ निकालिएकाे मसाल जुलुस नगर परिक्रमा गरी कलैया चोकमा पुगेर कोणसभामा परिणत भएकाे थियाे ।

तपाइको मत