२१ कार्तिक ०७४, काठमाडौं । निर्वाचन अायोगले पहिलो चरण अन्तर्गत चुनाव हुने केही हिमाली र विकट जिल्लाहरूमा मतपत्र ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरेको छ ।
अायोगले उच्च हिमाली क्षेत्रहरु र सुरक्षा थ्रेट भएका जिल्लाहरुमा सुरक्षा संवेदनशीलताका आधारमा हेलिकोप्टरको प्रयोग गरी मतपत्र जिल्लामा पठाइएको हो ।
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावका लागि प्रत्यक्ष र समानुपातिक दुवै मतपत्र जिल्ला पठाइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
आयोगका प्रवक्ता नवराज ढकालले सोमबार २० जिल्लामा मतपत्र पठाइसकेको र नपुगेका जिल्लाहरुमा मंगलबार पुगिसक्ने बताए । उनले भने,-‘हिजोसम्म २० जिल्लामा पुगिसकेको छ, बाँकी जिल्ला पनि आजसम्म पुग्छ, यहाँबाट पठाइसकिएको छ ।’