मधेशमा बैकल्पिक शक्ति निर्माण गरेर मधेसीको सवाल जिवित राख्नुपर्नेः गप्ता

२९ पुस ०७५, राजविराज । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ताले मधेशमा बैकल्पिक शक्ति निर्माण गरेर मधेसीको सवाल जिवित राख्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

तराई मधेस राष्ट्रिय अभियान सप्तरीले राजविराजमा आयोजित वर्तमान राजनीतिक अवस्था एवम् मधेसी समस्याको सवाल विषयक अन्तक्र्रियामा बोल्दै उनले सो कुरा बताएका हुन् । संविधान संशोधन हुन्छ भन्ने विश्वास गर्न सकिने अवस्था नरहेको दावी गर्दै नेता गुप्ताले मधेशको माग पुरा गराउन आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

मधेसी जनताले उठाएको मागलाई राजनीतिक रुपमा समाधान नै नगरी सत्ता, भत्ता र कुर्सी मोहमा नेताहरु फसेको आरोप लगाउँदै जनताले आन्दोलनमा समग्र मधेश एक प्रदेश माग गरेको पनि अहिले मधेशलाई आठ जिल्लामा मात्र सिमित गरिदिएकोे बताए ।

राज्यको हरेक अंगमा मधेसीको समावेशी, समानुपातिक सहभागीता, नागरिकता समस्या समाधान लगायत मधेसीको माग रहेकोमा त्यसलाई वेवास्ता गरी भौतिक विकाससँग जोडेर मधेसको माग पूरा भयो भनेर अघि बढिरहेकोले मधेसी नेताको मूल्याकंन गर्नुपर्ने बेला भएको नेता गुप्ताको तर्क थियो ।

तपाइको मत