मधेशी मोर्चाले संविधान दिवसलाई कालो दिनको रुपमा मनाए

kalo-din

३ असोज, बारा । संयुक्त मधेशी मोर्चाले संविधानमा आफनो अधिकार कटौती भएको भन्दै सोमबार बिहानैदेखि कलैयाको मुख्य चौकमा टायर बाली, पोल-पोल र पसल-पसलमा कालोझण्डा लगाएर संविधान घोषणाको दिनलाई कालो दिनका रुपमा मनाएका छन ।

सोही क्रममा मोर्चाका नेता तथा कार्यकताहरुले हातमा बासको भाटा लिएर कलैया बजार परिक्रमा गरी मुख्य चौकमा कोण सभा गरेका छन ।

कोण सभालाई सम्बोधन गर्दै उषा यादव, रमेश यादव, संतोष ठाकुर, प्रयाग यादव, बैदनाथ, पिन्की यादव, आत्मा राम साह, रामकिशोर यादव, जितेन्द्र सिह लगायतका नेता तथा कार्यकर्ताहरुले एकपक्षीय ढंगले जारी गरिएको संविधान मान्य नभएको बताए । साथै, उनीहरुले संविधान संशोधन गरी मधेशको अधिकार स्थापित गर्नु पर्नेमा जोड दिएका छन् ।

तपाइको मत