मधेशी विद्यार्थीलाई भारतीय प्रहरीले पक्राउ गर्नु मानव अधिकारविरुद्ध: अधिवक्ता झा

९ फागुन, काठमाडौं । भारत भ्रमणको क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एयरपोर्टबाट बाहिरिने क्रममा कालो झण्डा देखाएका २२ जना मधेशी विद्यार्थीहरुलाई भारतीय प्रहरीले पक्राउ गरेर तिहार जेल पठाएपछि अधिवक्ता दिपेन्द्र झाले राष्ट्रिय मानव अधिकार आयोग भारतका अध्यक्ष, जोसेफलाई शनिबार पत्र लेख्दै  यो घटना मानव अधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गरेका छन् ।

अधिवक्ता झाले पत्रमा नयाँ संविधानको विरोधमा भएको मधेश आन्दोलनका क्रममा ४५ जना मधेशी नागरिकको नेपाल सरकारले हत्या गरेकाले विद्यार्थीहरुले कालो झण्डा प्रदर्शन गरेको उल्लेख गरेका छन् ।

‘भारतको संविधानले विरोध गर्ने मौलिक अधिकार प्रदान गर्दछ’ भन्दै अधिवक्ता झाले ‘दिल्ली प्रहरीको यो कार्य भारतको संविधान र मौलिक अधिकार विरुद्ध’ रहेको बताएका छन् । उनले मधेशी विद्यार्थीहरूले भारत जस्तो लोकतान्त्रिक देशमा शान्तिपूर्ण विरोध गर्नु उनीहरुको अधिकार भएका बताएका छन् ।

12719245_10156566200970385_5039573998381106092_o

तपाइको मत