मधेसको मामिलामा भारत पुरानै अडानमा, नाकाबन्दी गर्भमा, सरकारको रवैया कायम रहे मधेशी मोर्चाले पुनःनाकाबन्दी गर्ने

८ फागुन, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानलाई दशकौंको संघर्षपछि प्राप्त ‘एक महत्वपूर्ण उपलब्धि’ बताएका छन् । तर, यसको सफलता सहमति र सम्वादमा निर्भर रहने बताउँदै नेपाली राजनीतिक नेतृत्वले संविधानसँग जोडिएका सबै मुद्धाको सन्तोषजनक निवारण गर्ने अपेक्षा गर्नुले मधेसको मामिलामा भारत अझै पनि पुरानै अडानमा रहेको देखिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वार्ता र समझदारीबाट सबै वर्ग समुदायलाई समेट्न आग्रह गर्नुले समस्याको गाँठो नफुकेको प्रष्ट देखिन्छ । साथै, संविधानको पहिलो संशोधनलाई नमानेका र कमल थापाको नेतृत्वमा गठन गरिएको सीमाङ्कन टुङ्गो लगाउने समितिमा नै नबस्ने घोषणा गरेको मधेसी मोर्चाका नेताहरुको अभिव्यक्ति संयोग मात्र नभएर नेपाल र भारतबीचको असमझदारी कायमै रहेको बुझ्न सकिन्छ ।

यद्यपि, मधेसी मोर्चाले फेरि आन्दोलन चर्काउने बताइरहेका बेला भारतले पुनः नाकाबन्दी गर्छ या गर्दैन भन्ने गर्भमै रहेको छ । तर तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा सरकारले नयाँ संविधान मधेशलाई उपेक्षा गरेर ल्याएको, संशोधन पनि त्यसरी नै गरियो, सीमाङ्कनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र पनि सरकारले एकतर्फी गठन गरेको साथै आफ्ना कार्यकर्ताको गिरफ्तारी र झुठा मुद्दा लगाउने काम नरोकेकाले सरकारको रवैया नफेरिए पुनः नाकाबन्दी गर्ने चेतावनी दिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओली शनिबार हैदारावाद हाउस भएको भेटवार्तामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा जे देखियो, भिडियो हेर्न Heading मा रहेको youtube Link क्लीक गर्नुहोस् ।

तपाइको मत