१८ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुनले तराई-मधेसका सिके राउत र एमालेका अध्यक्ष केपी ओली प्रवृत्तिप्रति रोष व्यक्त गरेका छन् । पुनले मधेसभित्र नेपाल र नेपालभित्र मधेस नदेख्ने दुवै प्रवृत्ति घातक भएको फेसबुकमा लेखेका छन् ।
संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता भएसँगै देखिएको आन्दोलन र त्यसअघि संशोधन हुनुपर्दछ भन्ने मधेशवादी दलहरुलाई लक्षित गर्दै पुनले “एउटा पक्ष यो संशोधन केही पनि भएन भनेर मान्दै मान्दैन, अर्को पक्ष यो हुँदैहुन्न, यसले देश टुक्रिन्छ भन्छ, अब त्यसो हो भने सही केहो त ?” भनी फेसबुकमा प्रश्न उठाएका छन् ।
‘यो भएन, त्यो भएन, भन्दा पनि गर्ने हो के त ?’ पुनले लेखेका छन्, देशलाई सधैभरी अनिर्णयको बन्दी कहिले सम्म राख्ने ? मधेसभित्र नेपाल नदेख्ने, सिके राउत प्रवृत्ति र नेपालभित्र मधेस नदेख्ने, केपी ओली प्रवृत्ति दुवै घातक छन् ।’