११ मंसिर, पर्सा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मधेसी जनताको माग बमोजिम संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने बताएका छन् ।
सरकारले ल्याउन लागेको संशोधन प्रस्ताव आइतबार कांग्रेसको पहलमा दर्ता हुने बताउँदै देउवाले उक्त प्रस्ताव सबै दलको सहयोगमा पारित हुने बताए ।
देउवाले वीरगञ्जमा कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्दै संशोधन प्रस्तावविरुद्ध जाने दललाई जनताले दण्डित गर्ने बताउँदै सीमाङ्कन, अन्तरिम संविधानमा भएको नागरिकताको प्रावधान, समावेशी समानुपातिक प्रतिनिधित्व, भाषालगायतका विषयलाई समेटेर संशोधन प्रस्ताव तयार पारिएको बताए ।