मधेसी मोर्चाले वैशाख ६ गते आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने !

१ वैशाख, काठमाडौं । मधेसी मोर्चाले आफ्नो माग सम्बोधन गर्न सरकारलाई चैत मसान्तसम्मको अल्टिमेटम दिएको अघिल्लो दिन मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै  वार्तामा आउन आह्वान गरे पनि मोर्चाले वार्ता आह्वान अस्वीकार गर्दै आन्दोलन घोषणा गर्ने तयारी गरेको छ ।

मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्रीको आह्वानको औचित्य नभएको बताउँदै आफूहरुसँग ३५ पटकभन्दा बढी वार्ता भएपनि सहमति नभएकाले आन्दोलन घोषणा हुने बताए ।

सदभावनाका महासचिव मनिष सुमनका अनुसार मधेसी मोर्चासहितको संघीय गठवन्धनको बैठक बिहीबार बोलाइएको छ । यो बैठकले आन्दोलनका कार्यक्रमहरु बनाउने छ भने वैशाख ६ गते अन्तरक्रिया मार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेछ ।

तपाइको मत