१५ फागुन, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने बताएको छ ।
सरकारले आगामी वैशाख ३१ मा स्थानीय तहको चुनाव घोषणा गरे लगतै मधेसी मोर्चाले दबावमुलक आन्दोलन थालेसँगै मोर्चासहितको संघीय गठवन्धनमा समर्थन फिर्ताबारे छलफल सुरु भएको छ । तर, मोर्चाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने एक नेताले बताए ।
‘अहिले संशोधन प्रक्रिया चलिरहेको छ । यसलाई अलपत्र छाडेर भाग्न मिल्दैन’ मोर्चाका एक नेताले भने, ‘५/१० दिनमा यो प्रक्रिया टुंगिन्छ होला । त्यसैले हामीले हतार गर्नु हुँदैन ।’
आगामी रणनीतिबारे छलफल गर्न मधेसी मोर्चाको बैठक आइतबार दिउँसो १ बजे बोलाइएको छ ।