मधेसी मोर्चाले सरकारलाई डेढ करोडको विल पेश गरे

२ असोज, काठमाडौं । सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनमा घाइते भएकाहरुको उपचारमा खर्च भएको डेढ करोड रकमको विल पेश गरेका छन् ।

आइतबार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर मधेसी मोर्चाका नेताहरुले मधेस आन्दोलनमा घाइते भएकाहरुको उपचारमा खर्च भएको रकमको विल पेश गरेका हुन् ।

सदभावना पार्टीका महासचिव मनिष सुमनका अनुसार उक्त रकम मधेसी मोर्चालाई नभई सम्वन्धित अस्पताल र व्यक्तिलाई दिन आग्रह गरिएको छ । मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार वीर, शिक्षण, धरान, बिराटनगर र भैरहवा लगायतका अस्पतालमा भएको थियो । साथै, घाइतेहरुले आफ्नै खर्चमा गरेको उपचारको पनि विल सकारलाई बुझाएको छ ।

मधेसी मोर्चाले आन्दोलनका क्रममा मारिएका थप १६ जनालाई सहिद घोषणाका लागि दबाव दिएको छ । यसअघि बुझाएको सूचीमा रहेका ६८ जना मध्ये ५२ जनालाई सरकारले सहिद घोषणा गरिसकेको छ ।

तपाइको मत