मधेस र पहाडिया राष्ट्रवादले देश विखण्डन गर्ने खतरा

२२ साउन ०७४, कास्की । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मधेस राष्ट्रवाद र एमालेको पहाडिया राष्ट्रवादले देश नै विखण्डन गर्ने खतरा रहेको बताएका छन ।

प्रेस सेन्टर नेपाल प्रदेश ४ ले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले पहिचानका आधारमा राज्य पुर्नसंरचना हुनुपर्छ भन्दा मधेसवादी दल मधेसी राष्ट्रवाद र एमाले पहाडिया राष्ट्रवादका रुपमा अगाडि अाउँदा नश्लवादीतर्फ उन्मुख हुन थालेको बताएका हुन् ।

‘जानेर होस् वा नजानेर देश नश्लवादमा फस्यो भने त्यो फासीवाद वा विखण्डनतर्फ जाने सम्भावना हुन्छ’ प्रचण्डले भने ।

माओवादी केन्द्रले अब प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली हुनुपर्छ भनेर आवाज उठाउने बताउँदै उनले अन्य दलसँगको सहमतिमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीमा पनि जान सकिने बताए ।

अर्काे एक प्रसंगमा उनले मंसिर दोश्रो साताभित्रै प्रदेश र प्रतिनिधि सभाको चुनाव हुने ठोकुवा समेत गरे ।

तपाइको मत