२४ जेठ ०७९, काठमाडौं । मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको छ ।
मन्त्रिपरिषदको जेठ २३ गते बसेको बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाँणले मंगलबार मन्त्रीपरिषद्का निर्णय सुनाउँदै भने, ‘सरकारले गत जेठ १ गतेबाट लागू हुनेगरी परीक्षणका रुपमा शुरुवात गरेको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ ।’













