मन्त्रिपरिषदद्वारा राष्ट्रपतिको भारत भ्रमण स्वीकृत : दुई दिन सार्वजनिक विदा हुने

३ बैशाख ०७४, काठमाडौं । सरकारले राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण स्वीकृत गर्दै दुई दिन विदा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारी भारत भ्रमणमा जाने र आउने दुबै दिन विदा दिने निर्णय गरेको हो ।

बैशाख ४ गते सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी ३४ सदस्यीय टोलीसहित भारत भ्रमणमा जाँदैछिन् ।

राष्ट्रपतिका रुपमा भण्डारीको यो पहिलो विदेश भ्रमण हो ।

विगतमा राजाहरुको विदेश भ्रमणमा निस्कँँदा सार्वजनिक विदा दिने प्रचलन थियो । गणतन्त्र स्थापना पछि यो प्रचलन हट्यो । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति विदेश भ्रमणमा जाँदा सार्वजनिक विदा दिइएन । तर, अहिले फेरि ‘शाही शैली’मा नै राष्ट्रपतिको विदेश भ्रमणमा विदा दिने निर्णय भएको छ ।

तपाइको मत